काठमाण्डु– विधायक रेखा गुप्ताले नयाँदिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ लिएकी छन् ।
दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक भाजपाका नेताहरूको सहभागिता रहेको थियो ।
रेखा दिल्लीको शालीमार बाग क्षेत्रबाट निर्वाचित भएकी थिइन् । विधायक दलले उनलाई दल नेता चुनेको जनाइएको छ ।
दिल्ली विश्वविद्यालयमा अध्ययनरत रहँदा उनी अखिल भारतीय विद्यार्थी परिषद्मा आवद्ध थिइन् । उनी दिल्ली विश्वविद्यालय छात्र संघमा अध्यक्ष पदको चुनाव पनि जितेकी थिइन् । उनी ३ पटक दिल्ली नगर निगम परिषद् पार्षद् र साउथ दिल्लीकी मेयर समेत भइसकेकी छन् ।




प्रतिक्रिया