नेपाल प्रहरीमा इन्सपेक्टर र सब इन्सपेक्टरको भर्ना खुल्यो (सूचनासहित)

नेपाल प्रहरीमा इन्सपेक्टर र सब इन्सपेक्टरको भर्ना खुल्यो (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (सब इन्सपेक्टर) पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागेको हो ।

सूचनाअनुसार प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जनाका लागि भर्ना खुलेको हो ।