काठमाण्डु– नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहभागी रहेका छन् भने खेलहरु दाङको लमही क्रिकेट मैदान, रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा हुनेछ ।
पहिलो पटक प्रधानमन्त्री कपका सबै खेल काठमाडौ बाहिर हुन लागेको हो भने खेल राउण्ड रोविन लिगको आधारमा हुनेछ ।
प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म चल्नेछ ।





प्रतिक्रिया