हमासले आज ६ जना पुरुष बन्धकलाई रिहा गर्दै

हमासले आज ६ जना पुरुष बन्धकलाई रिहा गर्दै

इजरायलले आज ६०२ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हमासले आज शनिबार ६ जना बन्धकलाई मुक्त गर्दैछ।इसराइली सञ्चारमाध्यमहरूका अनुसार शनिबार बन्धकमुक्त हुनेमा ६ जना पुरूष रहेका छन्।

६ जनाको सूची शुक्रबार नै हमासले इसराइललाई पठाइसकेको छ।

३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम-तोभ छन्।

उनीहरूमध्ये अवेरा र हिशाम २०१४ देखि नै हमासको नियन्त्रणमा रहेको इसराइली अखबार टाइम्स अफ इसराइलले जनाएको छ।

त्यतिबेला उनीहरू समुद्र तटबाट गजा प्रवेश गर्दा हमासले नियन्त्रणमा लिएको थियो। यस अघि हिजो हमासले ४ जनाको शव फिर्ता गरेको थियो ।

यस्तै, इजरायलले आज ६०२ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने भएको छ । जसमा आजीवन कारावासको सजाय पाएका ५० जना र लामो जेल सजाय भोगिरहेका अन्य ६० जना रहेका छन् ।

रिहा हुनेमा २०११ को सम्झौअन्तर्गत रिहा भएर पुनः पक्राउ परेका ४७ जना प्यालेस्टिनीहरू र अक्टोबर ७, २०२३ पछि गाजाबाट पक्राउ गरिएका ४४५ जना प्यालेस्टिनीहरूलाई पनि रहेका सञ्चार माध्यमले जनाएका छन् ।

६०३ प्यालेस्टिन रिहाको बदलामा हमासले ६ जना इजरायली बन्दी मुक्त गर्नेछ । मुक्त गरिन लागेकाहरूमा एलियाह माइमोन, यित्झाक कोहेन, उमर शेम टोव, ओमेर फिन्कर्ट, तल शोहम, एभेरा मेंगिस्तु र हिशाम अल-सैयद रहेका छन् ।

हालसम्म इजरायलले १९ जना बन्धकहरूलाई फिर्ता पाइसकेको छ भने चार जनाको शव प्राप्त गरेको छ । आगामी हप्तामा थप चार शव फिर्ता गर्ने हमासको तयारी छ ।