काठमाण्डु- नेपाल प्रहरीले सम्पर्कविहीन प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले एक प्रहरी सहायक हबलदारसहित नेपाल प्रहरीका १० जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।
कार्यालयले सूचना जारी गर्दै १० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो ।
गैर हाजिर हुनेमा सहायक अबलदार, प्रहरी जवान र कार्यालय सहयोगी छन् ।





प्रतिक्रिया