काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारत, भुटान र माल्दिभ्सका नेसनल क्याडेट क्रोप्स (एनसीसी) का प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरेका छन् ।
महाशिवरात्रि एवं नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सेवा दलद्वारा आयोजना हुने युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन एनसीसी टोली टोली नेपाल भ्रमणमा आएको हो ।
भ्रमणका दौरान टोलीले राष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम छ । टोलीले फागुण १४ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने सेना दिवसको विशेष कार्यक्रम तथा फागुण १८ गते राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजको अवलोकन गर्नेछ ।
भ्रमण टोलीले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया