काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका ज्वाइँ जेकेन्द्र श्रेष्ठ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय सदस्य मनोनित भएका छन् ।
आईतबार अध्यक्ष डा. भट्टराईले ९ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।
केन्द्रीय सदस्यको १० प्रतिशत मनोनित गर्ने व्यवस्था बमोजिम ९ जना केन्द्रीय सदस्य छनोट गरिएको छ । ११ पदाधिकारी र ९० सदस्य प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका थिए ।
मनोनित हुने केन्द्रीय सदस्यमा सिर्जना रिजाल, सरस्वती पाण्डे, कृष्ण शर्मा, राजु नेपाली, धनबहादुर गुरुङ, एकबहादुर राना, जेकेन्द्र श्रेष्ठ, जीएस गुरुङ र चिनक कुर्मी रहेका छन् ।
सदस्य मनोनित जेकेन्द्र अध्यक्ष डा. भट्टराईका ज्वाइँ हुन् । डा. भट्टराईकी छोरी मानुषी यसअघि नै केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।




प्रतिक्रिया