सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी झुण्डिएको अवस्थामा फेला

सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी झुण्डिएको अवस्थामा फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महत झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ लागर्चे घर भएकी २९ वर्षीया महत मृत फेला परेकी हुन् ।

सशस्त्र प्रहरीमा ३ वर्षअघि असईबाट भर्ना भएकी उनी इन्स्पेक्टरको तालिम गर्न पोखरा पुगेकी थिइन् । शनिबार राति ९ बजे इन्स्पेक्टर ब्यारेकको शौचालयमा मृत अवस्थामा फेला परेकी हुन् । उनी अविवाहित हुन् ।

उनका बुवाआमा अस्ट्रेलियामा रहेका कारणले मंगलबार फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ ।