म्याग्दी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

म्याग्दी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

फाइल तस्विर।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ९ बजेर २६ मिनेटमा म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी गराएको छ ।

त्यसअघि मंगलबार बिहान ९ बजेर १८ मिनेटमा म्याग्दीकै मुना आसपास केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो । यसैदिन बिहान ६ बजेर १३ मिनेटमा म्याग्दीको देवीस्थान आसपास केन्द्रविन्दु भएको ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

आजै बिहान ५ बजेर ५२ मिनेटमा म्याग्दीकै डाँडागाउँ आसपास केन्द्रविन्दु भएको समान ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ । कम्पनको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको थियो ।