एनआरएनएको १२ औं महाधिवेशन असोजमा हुने

एनआरएनएको १२ औं महाधिवेशन असोजमा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशन अक्टोवर महिनामा हुने भएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीले विज्ञप्ति जारी गर्दै वर्तमान कार्यसमितिको निर्णय अनुसार एनआरएनएको १२ औँ महाधिवेशन अक्टोबर ११ देखि १४ (असोज २५ देखि २८) मा काठमाडौँमा हुने जानकारी गराएका हुन् ।

‘एनआरएनएको १२ औँ महाधिवेशन अक्टोबर ११ देखि १४ (असोज २५ देखि २८) मा काठमाडौँमा हुने जानकारी गराइन्छ । सो महाधिवेशनको लागि संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा सदस्यता वितरण सुरु गरिसकिएको समेत जानकारी गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै राष्ट्रिय समन्वय परिषद्हरूको अधिवेशन र आगामी अक्टोबर ११ देखि १४ मा हुने गरी तय भएको संघको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा ध्यान केन्द्रित गरी सहयोग र सहकार्य गर्न सम्पूर्ण एनसीसीहरूसहित सबैमा अपील समेत गरिएको छ ।