नारायणकाजीको आक्रोश-बोल्दा अवरोध गरियो

नारायणकाजीको आक्रोश-बोल्दा अवरोध गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको जागरण अभियानको उद्घाटन कार्यक्रममा आफूलाई बोल्न अवरोध गर्न खोजिएको बताएका छन् ।

चितवनमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष श्रेष्ठले आफूले बोल्न सुरु गर्ने बित्तिकै अवरोध गरिएको बताए ।

‘अभियानको उद्घाटन कार्यक्रममा मैले बोल्न सुरु गर्नेबित्तिकै मनोवैज्ञानिक रूपमा अवरोध उत्पन्न भयो । मलाई अलिकति बिझायो । त्यसपछि मैले थप बोलिनँ’ उनले भने, ‘यसलाई म सामान्य घटनाकै रूपमा लिन आग्रह गर्छु ।’

‘पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा आफूले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रूपमा अवरोध गर्ने स्थिति उत्पन्न भयो’, उनले भयो श्रेष्ठले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरूले आफूलाई त्यसो नगरेको भए हुन्थ्यो भनेको बताउँदै सार्वजनिक रूपमा नै क्षमायाचना पनि गरे ।

जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटनका क्रममा मंचमा बोल्दै गर्दा उद्घोषक अगाडि उभिएपछि श्रेष्ठले मन्तव्य रोकेका थिए ।

उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकताबद्ध ढंगले अघि बढाउन प्रतिबद्ध रहेको बताए । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपार्ने पनि उनले स्पष्ट पारे ।