नवलपरासी पश्चिममा २ समूहबिच झडप, २१ जना घाइते, प्रहरीको गाडी पनि जलाइयो

नवलपरासी पश्चिममा २ समूहबिच झडप, २१ जना घाइते, प्रहरीको गाडी पनि जलाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकाको बेलासपुरमा दुई समूहबिच झडप भएको छ ।

स्थानीय एक जोडीको प्रेम विवाहको विषयमा बढेको विवाद झडपको रुप लिएको हो । करिब ४ महिना अगाडि फरक समुदायका युवा युवतीबिच विवाह भएपछि झडप भएको हो ।

बेलासपुर र प्रसौनीका केही व्यक्तिबिच झडप भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रण लिने क्रममा ५ जना स्थानीय, १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी गरी २१ जना घाइते भएका छन् ।

केटा पक्षकाले केटी पक्षका घरमा आएर आगजनीको प्रयास गरेपछि झडप उत्पन्न भएका हो । झडप नियन्त्रणामा लिन प्रहरीले ३ राउन्ड हवाई फायर गरेको र ७ राउन्ड अश्रु ग्यास प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिए ।

प्रदर्शनकारीले प्रहरीको एउटा गाडीमा पनि आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय महेसपुरको प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडीमा आगजनी भएको हो ।

नवलपरासी पश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले भने, ‘गाडीले ठक्कर दिएको विषयलाई दिएर दुई समुदायबिच विवाद भयो । विवाद मिलाउन जाँदा केही प्रहरी, सशस्त्र र दुई स्थानीय घाइते भएका छन् । प्रहरीको गाडी जलाइएको छ ।

गाडीले ब्याक गरेर मान्छे हानेको विषयबाट सुरु भएको विवादबाट केटा र केटी पक्षबिच झडप भएको उनले बताए ।

विवाद हुँदा नजिकै रहेको पुरानो टायरको ग्यारेजमा आगजनी गरिएको र ग्यारेज नजिकैको घरमा रहेको मान्छे बचाउन गएको प्रहरीको गाडीमा बलेको टायर फालेर आगजनी गरिएको घिमिरेले बताए ।

झडपमा घाइते भएका विजय धवल र बैजनाथ प्रसाद लोहनियालाई अस्पताल पठाइएको छ । अहिले अवस्था सामान्य रहेको उनले बताए ।