काठमाण्डु – वाग्मती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ । साथीको कोठामा अचेत अवस्थामा फेला परेका थापाको उपचारको क्रममा मृत्यु भएको हाे ।
काठमाडौंको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङको धुनीबेसी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए ।




प्रतिक्रिया