प्रधानमन्त्री ओली र एकनाथ ढकालविरुद्ध धर्म परिवर्तनको मुद्धा !

प्रधानमन्त्री ओली र एकनाथ ढकालविरुद्ध धर्म परिवर्तनको मुद्धा !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार अधिबक्ता भूपेन्द्र प्रसाद पोखरेलले सरकारी वकिल कार्यालयमा जाहेरी दिन पुगे पनि सहन्यायाधिवक्ता सुर्यराज दाहालले प्रधानमन्त्री केपी ओली र पूर्व सांसद एकनाथ ढकालविरुद्ध जाहेरी लिन अस्वीकार गरेको छ ।

उनले प्रधानमन्त्रीविरूद्द जाहेरी लिन नसक्ने जानकारी दिए । सहन्यायाधिवक्ता दाहालले देशको सर्वोच्च व्यक्तिमाथि जाहेरी लिन नसक्ने र असम्भवसमेत रहेको जानकारी दिए । उनले अधिवक्ता पोखरेलसँग भने, ‘यो मेरो ल्याकतभन्दा माथिको कुरा हो ।’

यसअघि उनले काठमाडौं प्रहरी परिसर टेकुमा जाहेरी लिएर गएका थिए तर, प्रहरीले जाहेरी नलिएपछि उनी सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए । टेकुमा एसपी बसन्त लामाले जाहेरी लिएका थिएनन् । उनले अब, सरकारी वकिलको कार्यालले जाहेरी लिन अस्वीकार गरेपछि आफू सर्वोच्च अदालतको ढोका ढकढक्याउन जाने जानकारी दिएका छन् ।

यस्तो छ जाहेरी