पाल्पा – राष्ट्रिय मगर एकता दिवसको अवसरमा पर्सि बिहीबार पाल्पाका विभिन्न पालिकाले सार्वजनिक बिदा दिएका छन् ।
फागुन १५ गते बिहीबार मगर एकता दिवसको अवसरमा रामपुर नगरपालिकासहित रम्भा, बगनासकाली, निस्दी, पूर्वखोला र माथागढी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
बिहीबार पालिका मातहतका कार्यालय, शैक्षिक संस्थामा बिदा दिइएको छ । मगर समुदायको बसोबास बढी रहेकाले विभिन्न सांस्कृतिक कार्यक्रम, संस्कृति संरक्षण गर्न र उल्लासमय रूपमा दिवस मनाउन १ दिन सार्वजनिक बिदा दिइँदै आएको रामपुर नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।
बगनासकाली गाउँपालिकाले स्थानीय बिदाको दिन आदिवासी जनजाति समन्वय समितिको आयोजना तथा नेपाल मगर संघको सहजीकरणमा हुने कार्यक्रममा सहभागी हुन गाउँसभाका सदस्य एवं सम्पूर्ण कर्मचारीलाई चिलाङ्दी खेलमैदानमा उपस्थित हुन अनुरोध गरेको छ ।




प्रतिक्रिया