च्याम्पियन्स ट्रफि : अफगानिस्तान र इङ्ल्यान्ड खेल्दै

च्याम्पियन्स ट्रफि : अफगानिस्तान र इङ्ल्यान्ड खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- च्याम्पियन्स ट्रफि क्रिकेटमा बुधबार अफगानिस्तान र इङ्ल्यान्ड खेल्दैछन् । खेल पाकिस्तानको लाहोरमा दिउँसो पौने ३ बजे शुरू हुनेछ ।

पहिलो खेलमा समूह ‘बी’ को अफगानिस्तान दक्षिण अफ्रिकासँग र इङ्ल्यान्ड अस्ट्रेलियासँग पराजित भएको थियो ।

समूह ‘बी’ अन्तर्गत यसअघि हिजो अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण रद्द भयो । खेल हुन नसकेपछि दुवै टोलीले समान एक अङ्क बाँडेका छन् । अस्ट्रेलिया र दक्षिण अफ्रिकाको समान तीन अङ्क छ ।

समूह ‘ए’ बाट न्युजिल्याण्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् । यो समूहबाट पाकिस्तान र बङ्गलादेश समूह चरणबाटै बाहिरिइसकेका छन् । फाइनल खेल फागुन २५ गते हुनेछ ।