काठमाण्डु- धादिङको गुप्तेश्वरमा ट्याङकर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै जना घाइते भएका छन् ।
बा ०१–००४ क ३३५२ नम्बरको पानी बोकेको ट्याङकर भीरबाट खस्दा गुजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र त्यहि ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा गजुरी गाउँपालिका–६ कै १९ वर्षीय सिरिश चेपाङ र त्यही ठाउँका १७ वर्षीय सुरेश चेपाङ घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ ।
घटनालगत्तै पक्राउ परेका ट्याङकरका चालकले हाम फालेर बाँचेको बताएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्यांकर ब्याक गर्ने क्रममा सडक साँघुरो भएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।




प्रतिक्रिया