नवलपरासी झडप : घाइते १ जनाको मृत्यु

नवलपरासी झडप : घाइते १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नवलपरासीमा अन्तर्जातीय प्रेम सम्बन्धको विषयमा उत्पन्न विवादमा झडप हुँदा घाइतेमध्ये एकको मृत्यु भएको छ । आक्रोशित समूहले एक कवार्डको गोदाम र प्रहरीको गाडीसमेत जलाएका थिए ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुरमा मंगलबार प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्षबीच झडप भएको थियो । झडपका क्रममा केटा पक्षको समूहले केटी पक्षका आफन्तको कवार्ड गोदाममा समेत आगजनी गरेका थिए ।

घाइतेमध्ये केटा पक्षका विजय धवलको उपचारको क्रममा मृत्यु भएको छ । केटा र केटी पक्षको घर सोही वडाको छोट्की कुस्मा गाउँमा छ ।

धोवी थर भएका केटासँग भएको प्रेम सम्बन्धको विषयलाई लिएर विवाद भएको हो । सोमबार साँझ केटाका भाइ काम विशेषले बेलासपुर आउँदा मोहरमका छोरा सोवराती पवरियासहितको समूहले कुटपिट गरेपछि विवादले उग्ररुप लिएको थियो ।

स्थिति नियन्त्रण लिन प्रहरीले ५ राउण्ड अश्रु ग्याँस र ३ राउण्ड हवाई फायर पनि गरेको थियो । आगजनीमा संलग्न भएका चार महिलासहित ५ जनालाई पक्राउ गरिएको र अन्य खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।