सुनसरी – १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ईटहरी उपमहानगरपालिका–१६ बस्ने ६८ वर्षीय तुलसीराम निरौलालाई मंगलबार राति पक्राउ गरेको छ ।
निरौलाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया