काठमाण्डु-मुगुस्थित रारा ताल किनारमा रहेको डाँफे होटलमा आगलागी भएको छ ।
भान्साबाट आगो सुरु भएको आगलागीबाट सबै सामानहरू जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगलागी नियन्त्रणमा लिएको हो ।
नजिकै ताल भएपनि सामग्री हुँदा नियन्त्रण गर्न कठिनाइ भएको थियो । होटेल पूर्व सांसद गोपाल बमको हो । यो होटेल रारा ताल किनारको एकमात्र होटेल हो ।
मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार आगलागीका कारण होटल पूर्णरूपमा नष्ट भएको छ । ‘मानवीय क्षति भएको छैन, होटल आगलागीका कारण पूर्णरूपमा जलेको छ,’ उनले भने । प्रहरीका अनुसार होटलमा चार वटा भवन थिए, जुन सबै जलेर नष्ट भएका छन् ।
होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको छ ।




प्रतिक्रिया