एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’बाट सम्मानित भएको छ ।

मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै अवार्ड पाउन सफल भएको हो ।

एनसेलका तर्फबाट कम्पनीका मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेविलिटी इन्टरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले अवार्ड ग्रहण गरेका छन् ।

‘सम्मानले बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेलले पछिल्लो २ दशकदेखि नेपाल र नेपालीलाई दूरसञ्चार सेवाले जोड्न गरेको अनवरतका कार्यहरू र अथक समर्पणलाई दर्शाउँछ,’ एनसेलले भनेको छ, ‘यो अवार्ड एनसेलले गरेका उल्लेखनीय योगदान र उपलब्धिहरूको सम्मान हो र व्यवसाय सञ्चालनका लागि कम्पनीले सबै पक्षमा उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो । एनसेल सधैं कर्पोरेट उत्कृष्टताका मापदण्डहरू कायम राख्न प्रतिबद्ध छ, जसले नेपालका व्यवसायिक जगतका लागि एउटा मापदण्ड स्थापित गर्दछ ।’

एनसेलले विभिन्न कर तथा शुल्क शीर्षकहरूअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ सम्ममा ३२० अर्ब रुपैयाँभन्दा बढी राजस्व राज्यलाई योगदान गरेको छ भने व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहलहरूमा २ अर्ब रुपैयाँभन्दा बढीका परियोजनाहरू संचालन गरी आर्थिक सामाजिक विकासमा योगदान गरेको छ । यी कार्यहरूले एनसेल नेपालको आर्थिक, सामाजिक र सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासमा प्रतिबद्ध रहेको कुरालाई स्पष्ट पारेको जनाइएको छ ।