सशस्त्र प्रहरीमा खुल्यो इन्सपेक्टरको भर्ना (सूचनासहित)

सशस्त्र प्रहरीमा खुल्यो इन्सपेक्टरको भर्ना (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सशस्त्र प्रहरी बल, नेपालमा प्रहरी निरीक्षक (इन्सपेक्टरको भर्ना खुलेको छ ।

सशस्त्र प्रहरी बलले शुक्रबार सूचना जारी गरी कानून र लेखा उपसमूहतर्फ गरेर २८ जना नयाँ प्रहरी निरीक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो । ८ जना कानुनतर्फ र २० जना लेखातर्फ गरी २८ जना प्रहरी निरीक्षक माग गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयले फागुन १८ गतेदेखि चैत १९ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था मिलाएको छ ।

अनलाइनमार्फत दरखास्त दिए पनि चैत २२ गतेसम्म भौतिक रुपमै उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने मानवस्रोत विभागले जनाएको छ ।