अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत अफगानिस्तान र अस्ट्रेलियाबीचको खेल नतिजाविहीन भएको छ।

वर्षाका कारण खेल रद्द हुँदा दुवै टोलीले अंक बाँडेका छन्। अंक बाँडेसँगै अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ।
पाकिस्तानको लाहोरमा भएको खेलमा अफगानिस्तानले दिएको २ सय ७४ रनको लक्ष्य पछ्याएको अस्टेलियाले १२.५ ओभरमा १ विकेटको

क्षतिमा १ सय ९ रन बनाउँदा वर्षा बाधक बनेपछि खेल अघि बढ्न सकेन। वर्षाका कारण खेल हुन नसेपछि दुवै टोलीले अंक बाँडेका हुन्।

च्याम्पियन्स ट्रफीको ३ खेलमा १ खेलमा जित र दुई खेलमा अंक बाँडेको अस्टे«लिया ४ अंकमा शीर्ष स्थानमा रहँदै अंक बाँडेको हो।

अफगानिस्तानलाई भने सेमिफाइनलमा पुग्न समूह चरणको अन्तिम खेलको नतिजा पर्खनुपर्ने भएको छ।

आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दैछन्। दक्षिण अफ्रिका अन्तिम खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गर्न चाहन्छ।

इङ्ल्यान्ड भने यसअघि नै लगातार दोस्रो हार व्यहोर्दै सेमिफाइनलको दौडबाट बाहिरिसकेको छ। यी दुई टोलीबीचको खेल कराचीमा पौने ३ बजे सुरु हुनेछ।