भारतका पूर्वस्थलसेनाध्यक्ष स्वदेश फिर्ता

भारतका पूर्वस्थलसेनाध्यक्ष स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आएका भारतीय सेनाका पूर्वस्थलसेनाध्यक्षहरू स्वदेश फिर्ता भएका छन् ।

गत फागुन १३ गते नेपाल आएका नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका पूर्वस्थलसेनाध्यक्षहरू स्वदेश फर्किएका हुन् ।

नेपाल भ्रमणमा आएका जनरल डा. मनोज मुकुन्द नरवणे (अ.प्रा) र जनरल मनोज पाण्डे बिहीबार स्वदेश फिर्ता भएका थिए भने जनरल जोगिन्दर जसवन्त सिंह (अ.प्रा), जनरल दीपक कपुर (अ.प्रा) जनरल डा. विजय कुमार सिंह (अ.प्रा), जनरल दलवीर सिंह सुहाग (अ.प्रा) शुक्रबार स्वदेश फिर्ता भएका थिए ।

भ्रमण दलले नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमहरूमा सहभागिता जनाउनुका साथै विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत अवलोकन गरेका थिए ।