काठमाण्डु– राष्ट्रियसभा बैठकबाट ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएका (नो केवलकार समूह) लाई वार्तामा आउन आह्वान गरिएको छ ।
गृहमन्त्री रमेश लेखकले नो केवलकार समूह लाई वार्तामा आउन आह्वान गरेका हुन् ।
बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताए ।
‘नो केबलकार’ समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको सन्दर्भमा उत्पन्न विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको पनि उनले बताए ।
उनले पाथीभरामा केबलकार निर्माण गर्ने निर्णय २०७५ सालमै भएको समेत बताए । ‘केबलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सोमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी मिति २०७५ पुस १६ गते निर्णय भएको हो,’ उनले भने ।




प्रतिक्रिया