उपेन्द्रको नजरमा ओली सरकार असफल र असक्षम ! पूर्वाग्रहीदेखि अर्थतन्त्रलाई कमजोर बनाएकोसम्म आरोप (पूर्णपाठ)

उपेन्द्रको नजरमा ओली सरकार असफल र असक्षम ! पूर्वाग्रहीदेखि अर्थतन्त्रलाई कमजोर बनाएकोसम्म आरोप (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार असफल र असक्षम साबित भइसकेको निष्कर्ष निकालेका छन् । आइतबारदेखि सुरु केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै यादवले सरकार असफल भएको उल्लेख गरेका हुन् ।

हरेक हिसाबले असफल भइसकेको सरकारको आयु बढाउन साना दललाई कमजोर बनाउने खेल भइरहेको यादवले बताएका छन् ।

उनको प्रतिवेदनमा ‘सरकारप्रति जनतामा नैरास्यता बढ्दो छ । भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने सरकारको कुनै ठोस नीति कार्यक्रम तथा योजना देखिन्न,’ ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने, देशको अर्थतन्त्रलाई कमजोर बनाउने, नीतिगत तथा संस्थागत सुधार ल्याउन नसक्ने, उत्पादनमूखी अर्थतन्त्र निर्माण गर्न नसकेको, आपूर्ती व्यवस्थामा सुधार ल्याउन तथा उत्पादन बृद्धि र रोजगारी सृजना गर्न नसकेको, गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभुति दिलाउन नसकेको, समाजमा विद्यमान विभिन्न खाले विभेद अन्त्य गर्न, पर्यावरणीय सन्तुलन कायम गर्न नसकेको, राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले यो सरकार असफल र असक्षम सावित भइसकेको छ ।’ उल्लेख छ ।

यस्तै भ्रष्टाचारका ठूला काण्डमा सरकारमा सहभागी दलका नेता र तीनका परिवारका सदस्य संलग्न भएको प्रमाण भेटिँदा पनि सरकार मौन भएको उनको अर्को आरोप छ।