प्रहरी विधेयकमाथि छलफलको तयारी हुँदैछ : गृहमन्त्री लेखक

प्रहरी विधेयकमाथि छलफलको तयारी हुँदैछ : गृहमन्त्री लेखक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले संसद्मा दर्ता भएका प्रहरी विधेयक छलफल गर्ने तयारी भइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको आईतबारको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल नेपाल विधेयक, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकहरू संसद्मा पेश गर्ने तयारी भएको बताए ।

कतिपय नीतिगत र कानूनी सुधार गर्नुपर्ने अन्य कानूनका सन्दर्भमा जतिसक्दो चाँडो संसद्मा पेश गर्ने गरी सरोकारवालाको सुझावका आधारमा आवश्यक छलफल भइरहेको उनले बताए । मन्त्री लेखकले सीमित स्रोतसाधनको उपलब्धताबीच कार्यसम्पादन गर्नुपरेको बताए ।

‘सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनतालाई अनुभूत हुने गरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा गृह मन्त्रालयले गम्भीर र संवेदशनशील ढंगबाट काम गरिरहेको छ,’ उनले भने ।