रास्वपाका केन्द्रीय सदस्य थापा अमेरिकामा पक्राउ परेको पुष्टि

रास्वपाका केन्द्रीय सदस्य थापा अमेरिकामा पक्राउ परेको पुष्टि

पार्टीले भन्यो– उनी यस अघि नै केन्द्रीय सदस्यबाट अलग थिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।थापा अमेरिकन इमिग्रेसनको हिरासतमा परेको जानकारीमा आएको रास्वपा नेता मनिष झाले पुष्टि गरेका हुन् ।

थापाले यसअघि नै आफू पार्टीको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएको खुल्न आएकोे छ ।

‘मोहन थापाजीले यस अगावै नै आफूले केही व्यक्तीगत कानुनी प्रक्रियाहरू स्पष्ट र समाधान गर्नु छ र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर जानुभएको थियो,’ झाले भने ।

थापा गतहप्ता अमेरिकाका पेन्सिलभेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको स्रोतको भनाइ छ । थापा अमेरिकी ग्रिनकार्ड होल्डर हुन् ।उनी अहिले फिलाडेल्फिया संघीय हिरासतमा रहेको बताइएको छ । गत हप्तामात्र कतार हुँदै अमेरिका पुगेका थिए । उनी अमेरिका पुगेलगत्तै पक्राउ परेका थिए ।

पार्टीको वेबसाइटबाट पनि केन्द्रीय सदस्यको सूचीबाट थापाको नाम हटाइएको छ ।