काठमाण्डु – नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन् ।
विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सिलवाललाई सफाइ दिने फैसला गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानूनविपरीत ९ महिनासम्म पदमा रहेको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएकोमा अदालतले सफाइ दिएको छ । अध्यक्ष सिलवाल कानूनविपरीत गएर ६५ वर्षको उमेरमा अवकाश नभई ९ महिनासम्म पदमै रहेको, नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको अख्तियारको आरोप थियो ।




प्रतिक्रिया