सिक्लेससम्म जाने बाटो पक्की गर्ने अध्यक्ष प्रचण्डको घोषणा

सिक्लेससम्म जाने बाटो पक्की गर्ने अध्यक्ष प्रचण्डको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – मादी गाँउपालिका र पोखरा उपमहानगरपालिका–४ अन्तर्गत विजयपुर खोलामा पुलको शिलन्यास गर्दै नेकपा कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिक्लेस आफूहरुका लागि ऐतिहासिक ठाउँ भएको भन्दै उक्त ठाउँको विकासका लागि आफूले नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने बताएका छन् ।

‘पहिलो पटक शान्ति प्रक्रियामा आउँदा हामी सिक्लेसबाट काठमाडौं गएका थियौँ’, अध्यक्ष प्रचण्डले भने, ‘त्यतिबेला गृहमन्त्रीका हिसाबले कृष्णप्रसाद सिटौला हामीलाई लिन आउनुभएको थियो ।’ सोमबार अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता कृष्ण सिटौलासहितको टोली सिक्लेसमा शान्ति स्तम्भको उद्घाटनाका लागि जाँदैछन् ।

‘शान्ति सम्झौता भएर, संविधान घोषणा भएर निर्वाचन सम्पन्न भएर नयाँ राजनीतिक परिस्थितिमा एकचोटी फेरि त्यो ऐतिहासिक गाउँ सिक्लेसमा हामी जाँदै छौँ’, अध्यक्ष प्रचण्डले भने ।