प्रधानमन्त्री ओलीमा देश र समाजको विकासप्रति तीव्र हुटहुटी छ : पूर्वराष्ट्रपति भण्डारी

प्रधानमन्त्री ओलीमा देश र समाजको विकासप्रति तीव्र हुटहुटी छ : पूर्वराष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीमा देश र समाजको विकासप्रति तीव्र हुटहुटी रहेको बताएकी छन् ।

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै भण्डारीले ओली नेता मात्र नभएर राजनेता सँगसँगै स्वप्नद्रष्टा नेता भएको बताइन् ।

आफू राष्ट्रपति भएको बेला ओली प्रधानमन्त्री हुँदा निकै समन्वयात्मक भूमिका खेलेको भण्डारीले स्मरण गरिन् ।

‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको लगि खेल्नुभएको भूमिका, महाभूकम्पले भत्काएका संरचना बनाउन देखाउनुभएको सक्रियता र त्यसमा प्राप्त भएको सफलता, कोरोना महामारी नियन्त्रण तथा प्रभावितहरूको उपचारमा देखिएको प्रभाकारिता एवं आर्थिक समृद्धि हासिल गर्न उहाँमा रहेको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु,’ भण्डारीले भनिन् ।

भण्डारीले ओली आर्थिक, सामाजिक अभियानको कुशल अभियन्ता भएको बताइन् । ओलीमा अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सिर्जनशील क्षमता भएको भण्डारीको टिप्पणी छ । ओली कुशल योजनाकार, संगठक र रणनीतिकार भएको उनको भनाइ छ ।