विद्यार्थी बेहोस हुन थालेपछि २ दिन विद्यालय बन्द

विद्यार्थी बेहोस हुन थालेपछि २ दिन विद्यालय बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पर्साको कालिकामाई गाउँपालिका–४ कटिबलुवाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थी बेहोस हुन थालेपछि २ दिन विद्यालय बन्द गरिने भएको छ ।

गाउँपालिकाले २ दिन विद्यालय बन्द गर्न निर्देशन दिएपछि बिदा गरिएको छ ।

विद्यालयमा १८ विद्यार्थी अचानक बेहोस भएका छन् । बेहोसमध्ये १७ विद्यार्थी उपचारपछि घर फर्केका छन् भने १ जना उपचाररत छन् ।

कालिकामाईका अध्यक्ष बशिष्ट कुमारले १ विद्यार्थीको अवस्था बढी बिग्रेपछि उपचारका लागि वीरगञ्ज लैजानुपरेको बताए ।

एकपछि अर्को विद्यार्थी अचानक बेहोस भएर लड्न थालेपछि विद्यालयमा भागाभाग मच्चिएको थियो । ‘विद्यालय आएलगत्तै पहिले १ छात्रा बेहोस भएकी थिइन् । १ घण्टापछि एकपछि अर्को गर्दै १८ विद्यार्थी बेहोस भए,’ अध्यक्ष बशिष्टले भने ।

विद्यार्थी बेहोस हुनुको कारण खुल्न सकेको छैन । बेहोस हुने समस्याले विद्यालयमा अध्ययनरत विद्यार्थी त्रसित बनेका छन् ।