६ अंकले घट्याे सेयर बजार, कारोबार रकम बढ्याे

६ अंकले घट्याे सेयर बजार, कारोबार रकम बढ्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार सेयर बजार ६ अंकले ओरालो लागेको छ । नेप्से घटेसँगै परिसुचक २५७२ कायम भएको छ । यसदिन कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७४ करोडको भयो ।

यसदिन ९९ कम्पनीको मूल्य बढ्दा १६७ को घटेको छ । १३ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यसदिन घलेम्दी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, लिबर्टी इनर्जी, सानिमा मिडिल तमोर, हिमालयन पावर पार्टनर, लक्ष्मी सनराइज बैंक, हिमालयन डिस्टिलरी अगाडि रहे ।

यसदिन घलेम्दी हाइड्रोपावरको सबैभन्दा धेरै ५.८९ प्रतिशतले बढ्यो भने सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिककको ३.६४ प्रतिशतले घट्यो ।

आज बैंकिङबाहेक सबै समूहगत सूचक घटे । बैंकिङ ०.०८ प्रतिशत बढ्यो । त्यस्तै व्यापार सबैभन्दा धेरै १.३८ प्रतिशत घट्यो ।

विकास बैंक ०.०७, फाइनान्स ०.०९, होटल तथा पर्यटन ०.०६, जलविद्युत् ०.०३, लगानी ०.५५, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.३९, निर्जीवन बीमा ०.६०, अन्य ०.३६ प्रतिशत घटे ।