ग्यासको मूल्य १२.७५ रुपैयाँ बढाउने सहमतिपछि आन्दोलन फिर्ता

ग्यासको मूल्य १२.७५ रुपैयाँ बढाउने सहमतिपछि आन्दोलन फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – खाना पकाउने एलपी ग्यासको मूल्य १२.७५ रुपैयाँ बढाउने सहमतिपछि उद्योगीले आन्दोलन फिर्ता लिएका छन् ।

मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको भाउ बढाउनेसहित ५ बुँदे सहमति भएको छ ।

अब ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९१० बाट बढेर १ हजार ९२२ रुपैयाँ ७५ पैसा पुग्ने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितका सरकारी प्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति भएको छ ।