काठमाण्डु – कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल काठमाण्डुस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के ल्याब) बीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई ल्याबबाट प्रदान गरिने विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकलाई आन्तरिक ल्याब टेस्टमा २०% र बाह्य ल्याब टेस्टमा १०% सम्म छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईहरूमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।




प्रतिक्रिया