काठमाण्डु– बुधबारपनि सेयर बजारमा भारी गिरावट आएको छ । यसदिन सेयर बजार २५ अंकले घट्यो भने परिसुचक २८२१ बिन्दुमा पुगेर रोकियो ।
यसदिन २ करोड कित्ता सेयर किनबेच हुदा १० अर्ब ९७ करोडको कारोबार भयो । आज कारोबारमा आएका ६२ कम्पनीको सेयर बढ्यो भने १६४ कम्पनीको सेयर घट्दा ८ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज कारोबारका आधारमा सर्वाधिक हिमालय रि इन्सुरेन्स एक्लैले ९६ करोड र नेपाल रि इन्सुरेन्सले ९० करोडको कारोबार गर्यो ।
यसदिन गार्डियन माइक्रोलाइफ, समाज लघुबित्त वित्तिय संस्था र उन्नती सहकार्य लघुबित्तको सेयरमा सकारात्मक सर्किट लाग्यो भने उपकार लघुबित्तको सेयर १० प्रतिशतले घट्यो ।
यसदिन व्यापार बाहेक सबै सुचक घटेका छन् । बैंकिङ १.४, विकास बैंक १.३१, फाइनान्स १.५५, होटल तथा पर्यटन १.०५ हाइड्रोपावर ०.३६, लगानी १.२४, जीवन बीमा १.४५, उत्पादन ०.९४, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.१५, अन्य ०.७६ र व्यापार ०.०६ प्रतिशत घटे ।
व्यापार इन्डेक्स भने ०.४८ प्रतिशतले बढ्याे ।




प्रतिक्रिया