ओडिशा घटना : मार्चभित्र छानबिन प्रतिवेदन पेश गर्न भारतीय मानव अधिकार आयोगको निर्देशन

ओडिशा घटना : मार्चभित्र छानबिन प्रतिवेदन पेश गर्न भारतीय मानव अधिकार आयोगको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ओडिशास्थित कीट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारतीय राष्ट्रिय मानव अधिकार आयोगले उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएको छ ।

ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कीट विश्वविद्यालयमा १६ फेब्रुअरीमा लम्सालको रहस्यमयी मृत्यु भएको घटनासँगै नेपाली विद्यार्थीमाथि भएको आक्रमणबारे छानबिन गर्न आयोगले निर्देशन दिएको छ ।

प्रकृतिका आफन्तले भारतको राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । उजुरीमा कक्षाका साथी अद्विक श्रीवास्तवबाट हैरानी खेप्नुपरेको, विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) मा २ पटक उजुरी दिँदा पनि बेवास्ता गरिएको कारण लम्साल आत्महत्या गर्न बाध्य हुनुपरेको आरोप छ ।

प्रकृतिको मृत्युपछि न्यायको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि कीटका कर्मचारी र सुरक्षा गार्डहरूले गालीगलौज, धम्की र हातपात गरेर प्रदर्शन दबाउने प्रयास गरेको आरोप पनि उजुरीमा छ ।

उजुरीका भारतीय मानव अधिकार आयोगले अनुसन्धान महानिर्देशकलाई केआईआईटी विश्वविद्यालयमा तत्काल अनुसन्धान गर्न र १० मार्चभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।