काठमाण्डु– हिन्दू धाम केदारनाथमा केबलकार बन्ने भएको छ । झण्डै १३ किलोमिटरको केबलकार परियोजना भारतको मन्त्रिपरिषदबाट स्वीकृत भएको हो ।
भारतको सोनप्रयागबाट केदारनाथसम्म पुग्ने १२.९ किलोमिटर लामो केबलकार परियोजना मोदी सरकारले स्वीकृत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
परियोजना ४० अर्ब बढी भारतीय रुपैयाँमा बन्ने बताइएको छ । केबलकार सार्वजनिक नीजि साझेदारीमा बन्ने भएको हो । यसले ९ घण्टाको यात्रालाई ३६ मिनेटमा छोट्याउने बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो निर्णयबाट केदारनाथ दर्शन गर्न जाने श्रद्धालुलाई सहज हुने र समय तथा पैसाको खर्च पनि कम हुने आशा व्यक्त गरेका छन् ।




प्रतिक्रिया