काठमाण्डु– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरपालिकालाई पत्र काटेको छ । मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दै महानगरपालिकालाई पत्र काटेको हो ।
प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौँ महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले पत्राचार गरेको हो ।
पत्रमा भनिएको छ ‘प्रस्तुत विषयमा तहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज प्रसाद गुरागाईंले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको तथा मिति २०८१।०९।०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेश गर्नुभएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालयको निर्णयानुसार अनुरोध छ ।’





प्रतिक्रिया