मानव अधिकार रक्षाका लागि सबैको साझा प्रयास चाहिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

मानव अधिकार रक्षाका लागि सबैको साझा प्रयास चाहिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन राज्यका सबै निकायको साझा प्रयासको जरुरी रहेको बताएका छन्। नेपालको संविधान मानव अधिकारका दृष्टिले विश्वमा अत्यन्तै प्रगतिशील संविधानको कोटीमा रहेपनि त्यसको सफल कार्यान्वयन सरकार एक्लैको प्रयासबाट सम्भव नहुने बताएका हुन् ।

अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर पूर्व राजदुत शम्भुराम सिंखडाको पुस्तक ‘ह्यूमन राईट्सः ह्यूमन रङ्स’ नामक पुस्तकको सोमबार काठमाडौंमा बिमोचन गर्दै उनले नेपालले मानव अधिकारको विश्वव्यापी मूल्य मान्यतालाई आत्मासात गरिरहेको दावी पनि गरे।

परराष्ट्रमन्त्री ज्ञवालीले मानव अधिकारसँग सम्बन्धित संविधानमा उल्लेख गरिएका अधिकार कार्यान्वयन चुनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसको सफल कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सहकार्य गर्न पनि आह्वान गरे।

परराष्ट्रमन्त्री ज्ञवालीले विश्वमा विद्यमान गरिवी र आतंकवाद मानव अधिकारको प्रत्याभूति गराउन मुख्य चुनौतिको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई हल गरेर अघि बढ्न अन्तर्रा्ष्ट्रिय समुदायबीचको बलियो सहकार्यको आवश्यक्तामा पनि जोड दिए।

त्यस अवसरमा उनले दिगो विकास लक्ष्य हासिल गर्न नेपालसँग स्रोतको अभाव रहेको पनि स्मरण गराए। पुस्तकमा मानव अधिकारको प्रत्याभूति गराउन गरिएको अन्तर्रा्ष्ट्रिय प्रयास र त्यसका व्यवधानका विषयमा चर्चा गरिएको छ।