मन्त्रालयलाई काठमाडौँ महानगरको जवाफ : प्रमुखको व्यवस्था नहुन्जेल आर्थिक अधिकार निमित्त प्रमुखलाई देऊ

मन्त्रालयलाई काठमाडौँ महानगरको जवाफ : प्रमुखको व्यवस्था नहुन्जेल आर्थिक अधिकार निमित्त प्रमुखलाई देऊ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरोज गुरागाईँलाई पुन:हाजिर गराउन नसक्ने बताएको छ ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलाई जवाफी पत्र पठाउँदै महानगरले गुरागाईँलाई पुनःहाजिर गराउँदा नकारात्मक असर पर्ने बताएको हो ।

आजै पत्र लेख्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई महानगरले निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सञ्चालनमा सहयोग गर्न आग्रह गरेको थियो।

पुरानो बसपार्कको भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको महानगरले बताउँदै आएको छ ।

प्रचलित कानुनी व्यवस्था, मूल सम्झौताको आधारभूत सर्त, भवन मापदण्ड तथा भवन संहिता समेत विपरीत हुने गरी आधिकारिक तहमा विचाराधीन रहेको विषयमा त्रुटिपूर्ण कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएमा सो परियोजना लगायत अन्य कार्यहरू समेतमा नकारात्मक प्रभावका साथै कानुनी झन्झट पर्ने भएको पत्रमा उल्लेख गरिएको छ ।

महानगरले अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन मन्त्रालयसमक्ष अनुरोध गरेको छ ।