काठमाण्डु– सैनिक अधिकृतहरुको उच्चस्तरको तालिम नगरकोटमा सुरु भएको छ । नगरकोटमास्थित नेपाली सैनिक वार कलेजमा बिहीबारदेखि हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको हो ।
बलाध्यक्ष रथी प्रदीप जंग केसीले एक कार्यक्रमका बिच तालिमको शुभारम्भ गर्दै तालिमले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान र आत्मविश्वासमा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
कुल ३५ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरू (महिला–२ र पुरुष– ३३) को सहभागिता रहेको तालिम सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने तालिमहरू मध्ये सबैभन्दा उच्चस्तरको तालिम भएको सेनाको भनाइ छ ।
वि.सं. २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको तालिमबाट हालसम्म महिला १३ जनासहित जम्मा ३४० जना अधिकृत प्रशिक्षित भएका छन् ।





प्रतिक्रिया