‘महालेखापरीक्षकले दिएको सुझाव कार्यान्वयन हुनैपर्छ’

‘महालेखापरीक्षकले दिएको सुझाव कार्यान्वयन हुनैपर्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षणका सम्बन्धमा दिएको सुझाव कार्यान्वयन हुनैपर्ने जनाइएको छ ।

महालेखापरीक्षकको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महालेखापरीक्षक तोयम रायाले वार्षिक प्रतिवेदनमा औंल्याइएका सुझाव कार्यान्वयन गर्न सबै पक्ष सजग हुनुपर्ने बताए ।

‘लेखापरीक्षण सशक्त हुनैपर्छ, कानूनअनुसार चल्नैपर्छ, कार्यालयले दिएको सुझाव कार्यान्वयन हुनैपर्छ,’ महालेखापरीक्षक रायाले भने । उनले पछिल्लो ६ वर्षको तथ्यांक हेर्दा स्थानीय तहमा बेरुजु घट्दो क्रममा रहेको तर प्रतिशतमा हेर्दा संघको तुलनामा बेरुजु बढेको बताए ।

सुरुका वर्षहरूमा ऐन, कार्यविधि, कार्यालय नभएको तथा नयाँ लेखापरीक्षकलाई आर्थिक विषयमा पर्याप्त ज्ञान नहुँदा बेरुजु बढी देखिएको जानकारी दिँदै महालेखापरीक्षक रायाले भने, ‘ती संस्थाहरू पनि नयाँ थिए, बिस्तारै बेरुजु घट्दैछ । सुरुआती वर्षमा बेरुजुको अनुपात बढी देखिएको हो तर स्थानीय तहमा बेरुजु बढेको चाहिँ होइन ।’