म्याग्दी र बागलुङमा भूकम्पको धक्का

म्याग्दी र बागलुङमा भूकम्पको धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- म्याग्दी र बागलुङमा भूकम्प गएको छ ।

म्याग्दीमा भूकम्प गएको केही घण्टामै बागलुङमा पनि भूकम्प गएको छ । म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि बागलुङमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

त्यसअघि बिहान ३ बजेर १४ मिनेटमा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्पको धक्का म्याग्दीसहित आसपासका जिल्लामा महसुस भएको छ ।

पछिल्लो समय नेपाल, भारत र पाकिस्तानका विभिन्न क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प जानेक्रम बढेको छ ।