पूर्वराजाले दलहरूको उदारतालाई कमजोरी सम्झे जनताले सहँदैनन् : अध्यक्ष दाहाल

पूर्वराजाले दलहरूको उदारतालाई कमजोरी सम्झे जनताले सहँदैनन् : अध्यक्ष दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरू राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको बताएका छन् ।

‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’ अन्तर्गत शनिाबर रौतहटको गरुडामा संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले देशमा फेरि राजा फर्किन असम्भव रहेको बताए ।

‘ज्ञानेन्द्रले पहिले पनि केही ठूलाठूला गल्ती गरेका छन् । मैले त मुर्खता नै भन्छु’, अध्यक्ष प्रचण्डले भने, ‘अब अहिले पनि फेरि मुर्खता गरेर आफ्नो बाँकी साख पनि समाप्त पार्ने गल्ती नगरुन ।’

अध्यक्ष प्रचण्डले नेपाली जनताले त्यति बेला उनलाई कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएको बताउँदै त्यतिबेला दलहरूको उदारतालाई कमजोरी सम्झेर जबरजस्ती गर्न खोजे भने नेपाली जनताले त्यो नसहने उनले बताए ।

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन लागेको भए पार्टी खोलेर चुनाव लड्न र चुनाव जितेर काम गर्न चुनौती समेत दिए ।

तराई मधेश जागरण कार्यक्रमअन्र्तगत अध्यक्ष प्रचण्ड शुक्रबार राति रौतहट पुगेका हुन । शनिबार उनको रौतहटका विभिन्न पालिकाहरूमा भेटघाट तथा परोहा नगरपालिकाको लौकाहामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।