काठमाण्डु – रुसले युक्रेनमा आक्रमण गर्दा कम्तिमा २५ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् ।
शुक्रबार राति युक्रेनले दोनेत्स्क र खारकिब क्षेत्रमा आक्रमण गरेको थियो । आक्रमणबाट आठ आवासीय भवन र एक प्रशासनिक भवन क्षतिग्रस्त भएका थिए ।
आक्रमणमा खार्किभ र ओडेसालगायत अन्य क्षेत्रका आवासीय परिसर र पूर्वाधारलाई पनि निशाना बनाइएको थियो । अमेरिकाले युक्रेनलाई सैन्य सहायता र गोप्य जानकारी प्रदान गर्न प्रतिबन्ध लगाएको छ । त्यसपछि रूसले पछिल्ला दिनमा युक्रेन आक्रमणलाई तीब्र बनाएको छ ।
युक्रेनमा रूसको पछिल्लो हमलापछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब तिमीले जंगलीलाई खुसी बनायौँ तब यस्तो हुन्छ । धेरै बम, धेरै क्रोध, धेरै पीडितहरू । यसअघि गत हप्ता अमेरिकी राष्ट्रपति कार्यालयमा राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको थियो । रूस र युक्रेनबीच युद्धविराम गराउने प्रयासमा भएको बैठक चर्को बहसमा परिणत भएको थियो ।
युक्रेनमा यो हमला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइपछि भएको हो। बिहीबार राति पनि रुसले आक्रमण गर्दा पाँच जनाको ज्यान गएको थियो ।




प्रतिक्रिया