बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिविरुद्ध अख्तियारमा उजुरी दर्ता (पूर्णपाठ)

बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिविरुद्ध अख्तियारमा उजुरी दर्ता (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाको नियुक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

निवेदन दिपेन्द्र बोहराको नाममा दर्ता भएको उजुरीमा न्युनतम योग्यता नै नपुगेको व्यक्तिलाई अध्यक्ष नियुक्त गरिएको दाबी गरिएको छ ।

उजुरीमा भनिएको छ, ‘निज ओझाले नेपाल सरकारलाई ढाँटेर झूटा विवरणहरू बुझाई अध्यक्षमा नियुक्ति लिएको देखिन्छ । नेपाल सरकारलाई झूटा विवरण बुझाएर लाखौंलाख बीमितहरूले तिरेको करीब ७ खर्च रुपैयाँको सदुपयोग गरी बीमितको हित र देश विकासमा योगदान दिनुपर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरण जस्तो निकायमा नियुक्ति लिन सफल भएका निज ओझामाथि छानबिन गरी तत्काल कारवाही गर्नुपर्ने देख्दछु ।’