काठमाण्डु – नेपाली अर्थतन्त्रमा रेमिट्यान्स (विप्रेषण) आप्रवाह ७.३ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को ७ महिनाको तथ्यांकअनुसार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा रेमिट्यान्स बढेको हो ।
राष्ट्र बैंकका अनुसार रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
चालू आर्थिक वर्षको ७ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ छ । पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ ।




प्रतिक्रिया