स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त

स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विकास अर्थशास्त्री डा. काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

सिफारिस समितिले गत १८ र १९ फागुनमा प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि कार्यकारी निर्देशकका लागि डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम सरकारलाई सिफारिस गरेको थियो ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य थिए । प्रतिवेदनको मस्यौदामा डा. काफ्लेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यदलले स्वास्थ्य बीमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो ।

यसअघि डा. काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ । बोर्डमा रहँदा डा. काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम सुरु गरेका थिए । राहत रकममा ४ सय प्रतिशत वृद्धि तथा बीमामा सतप्रतिशत वृद्धि गर्ने निर्णय उनको नेतृत्वमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बीमा कार्यक्रम उनले आरम्भ गरेका थिए ।

डा. काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एक दशकभन्दा बढी वरिष्ठ अधिकारीका रूपमा कार्यरत थिए ।