२७१९ मा झर्‍यो सेयर बजार, पौने ८ अर्बको कारोबार

२७१९ मा झर्‍यो सेयर बजार, पौने ८ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– लगातार सातौं दिन पनि सेयर बजार ओरालो लागेको छ । आज नेप्से ३२ अंकले घटेर २७१९ को विन्दुमा कायम भएको छ ।

यस सदन नेप्सेमा कारोबार भएको ३०३ कम्पनीको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, महालक्ष्मी विकास बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि रहे ।

आज महालक्ष्मी विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो ।

३२ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन विकास बैंक सेक्टरमा आकर्षण देखिएको छ । सबै सेक्टर घट्दा सो सेक्टर १.९३ प्रतिशत बढ्यो ।

बैंकिङ ०.७१, फाइनान्स १.५७, होटल तथा पर्यटन १.१३, हाइड्रोपावर १.५१, लगानी १.८९, जीवन बीमा १.३०, उत्पादन २.४९, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९९, अन्य १.६८ र व्यापार १.७९ प्रतिशत घटे ।